प्रधानमन्त्री ओलीको पक्षमा हस्ताक्षर बटुल्दै जसपा अध्यक्ष ठाकुर
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतमा समर्थन जुटाउन हस्ताक्षर अभियान नै सुरु गरेका छन् ।
ठाकुरले आफ्ना पक्षका प्रतिनिधिसभा सदस्य एवम् कार्यकारिणी सदस्यहरुलाई काठमाडौँ आउन निर्देशन दिएका छन् ।
उनको निर्देशन बमोजिम सोमबार नै सबै नेता तथा सांसद् काठमाडौँ आइपुगेको जसपाले जनाएको छ । काठमाडौँ आइपुगेका सांसद्हरुमध्ये केहीले हस्ताक्षर गरिसकेका छन् भने केहीले आज गर्ने जनाइएको छ ।
अध्यक्ष ठाकुरले मान्छे नै पठाएर हस्ताक्षर गर्न लगाएको जसपाका सांसद्हरुले बताएका छन् ।
ठाकुर पक्षधर कार्यकारिणी सदस्य २६ जना र सांसद १६ जना छन् ।
