माओवादी केन्द संसदीय दलको बैठक जारी

तु खबर संवाददाता
२०७८ श्रावण ३, आईतवार १२:५१
file-photo

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदबाट विश्वासको मत लिन लागेको विषयमा छलफल गर्न माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ ।

सिंहदरबारमा जारी सो बैठकमा राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदहरु उपस्थित भएका छन् ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार अपराह्न बस्ने संसद बैठकमा विश्वासको मत लिंदैछन् ।

आधिकारिक निर्णय गराएर विश्वासको मत दिने माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

नेकपा एमालेको माधव नेपाल पक्षले पनि देउवालाई विश्वासको मत दिने स्पष्ट पारिसकेको छ । जसपाको उपेन्द्र यादव पक्ष पनि सरकारको पक्षमा उभिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*