कांग्रेस माओवादी गठबन्धमा सहभागी जनमोर्चा सरकारमा नजाने

तु खबर संवाददाता
२०७८ असार ३०, बुधबार १९:१३

काठमाडौं । नेपाली कांग्रेस– नेकपा माओवादी गठबन्धनमा सहभागी दल राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको छ ।

बुधबार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

‘हाम्रो पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ,’ पौडेलले भनिन्, तर बाहिरैबाट देउवा सरकारलाई हाम्रो समर्थन रहनेछ ।’

प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाको एक सिट छ । एक मात्र सांसद दुर्गा पौडेलले काँग्रेस माओवादी जसपा गठबन्धनमा साथ दिँदै आएकी थिइन् ।

उनलाई सरकारमा सहभागी हुने गठबन्धनका नेताहरुले आग्रह गरेका थिए । तर, पार्टीले सरकारमा नगई बाहिरैबाट समर्थन गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*