नेपाललाई भेट्न काटेश्वर पुगे प्रधानमन्त्री देउवा

तु खबर संवाददाता
२०७८ असार ३०, बुधबार १७:४२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको निवास पुगेका छन् ।

प्रधानमन्त्री देउवा बुधबार अपरान्ह नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् ।

मंगलबार मात्रै प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले एमाले विवादमा सरकारका तर्फबाट गर्न सकिने सहजीकरणका लागि नेपालसँग छलफल गरेको बुझिएको छ ।

आज मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सरेका एमाले अध्यक्ष केपी ओलीले माधव नेपाललाई एमालेमा स्वीकार गर्न नकिने बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*