विवेकशील पार्टी हेटौंडा उपमहानगर समिति घोषणा
मकवानपुर । विवेकशील पार्टी हेटौंडा उपमहानगर समितिले घोषणा गरिएको छ । सोमबार रविभक्त दाहाल संयोजक र सृष्टि कठायत उपसंयोजक रहनेगरी १२ सदस्यीय हेटौंडा उपमहानगर समिति घोषणा गरिएको हो।
नवगठित समितिका सदस्यहरुमा अमोद भण्डारी, सोम राई, भानुभक्त दाहाल, सन्तोषी खड्का, भैरवी पन्त, सरिता अधिकारी, सचिन संजेल, सन्तोष थापामगर, अन्जना फुयाँल र पुरुषोत्तम फुयाँल रहेका छन् ।
संयोजक कर्मा लामा तामाङ, अजिता राई, शशीबिक्रम कार्की, महेश पाठक र मोहम्मद आमिन आली लगायतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
संगठन कार्यदल संयोजक अजिता राईको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी अध्यक्ष कर्मा लामा तामाङ, प्रवक्ता विजयबाबु सिवाकोटी लगायत स्वदेश तथा प्रवासमा रहेका ३० जनाको उपस्थिति रहेको थियो।
