शीतलनिवास र बालुवाटारको बदमासीलाई सर्वोच्चले सच्यायो– कांग्रेस प्रवक्ता शर्मा
मकवानपुर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शीतलनिवास र बालुवाटारको बदमासीलाई सर्वोच्च अदालतले सच्याएको बताएका छन् ।
संविधानविपरीत हुने गरी एकपछि अर्का प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई सर्वोच्चले सच्याएको कांग्रेसको भनाई छ ।
शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमलाई सर्वोच्चले सच्याउनु लोकतन्त्र र संविधानको पक्षमा भएको प्रतिक्रिया दिए ।
सर्वोच्च अदालतले सोमबार संसद विघटन गर्ने राष्ट्रपतिको निर्णय बदर गर्दै विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्रीमा प्रस्तावित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ ।
