नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी
मकवानपुर । नेकपा एमालेको स्थायी कमिटीको बैठक जारी छ ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि नेकपा एमालेको स्थायी कमिटीको बैठक बसी आगामी रणनीति तय गरिने बताइएको छ ।
पूर्वनिर्धारित समयअनुसार बैठक साँझ पाँच बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी भएका छैनन्। उनीनिकट केही स्थायी कमिटी सदस्यहरू पनि बैठकमा गएका छैनन् । उनीहरूले बैठक सार्न प्रयास गरिरहेको बताएका थिए।
नेपाल समूहमा रहेका उपाध्यक्ष भीम रावल भने स्थायी कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् ।
