मन्त्रीबारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दै
मकवानपुर । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी छ ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका माओवादी केन्द्रबाट को–को मन्त्री बन्ने भन्ने विषयमा छलफल भइरहेको
छ ।
सर्वोच्च अदालतले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसंगै आज देउवा प्रधानमन्त्री पदमा नियुक्त
हुँदैछन् ।
उनले आजै सपथ ग्रहण गर्ने र सानो मन्त्रिपरिषद विस्तार गर्ने जनाइको छ ।
