विपक्षी गठबन्धनको बैठक नेपाल निवास कोटेश्वरमा बस्दै

तु खबर संवाददाता
२०७८ असार २८, सोमबार १६:०६

मकवानपुर । विपक्षी गठबन्धनको बैठक नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वरमा बस्दैछ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसंगै आगामी योजनाबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा आबद्ध छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*