बागमती सरकार पुनर्गठन जरुरी छ–अष्टलक्ष्मी शाक्य

तु खबर संवाददाता
२०७८ असार २९, मंगलवार १३:४२
मुख्यमन्त्री, अष्टलक्ष्मी शाक्य

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डकी सदस्य अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश सरकार पुनर्गठन जरुरी भएको प्रतिक्रिया दिएकी छिन् ।

उनले तु खबरसंग कुराकानी गर्दै वर्तमान राजनीतिक घटनाक्रमले बागमती प्रदेशको सरकार पुनर्गठन हुनसक्ने अवस्था सृजना गरेको बताइन् ।

उनले केन्द्रको राजनीतिले बागमती प्रदेश तहमा ठूलो समस्या देखा नपर्ने भएपनि आगामी सरकारको भविष्यका लागि सरकार पुनर्गठन हुनु जरुरी रहेको बताएकी हुन् ।

‘बागमती प्रदेश सरकारको मन्त्री तथा नेतृत्व नै फेरबदल हुनसक्छ, हामी संयमता अपनाएर आइरहेका छौँ । यस विषयमा पार्टी नेतृत्व र प्रदेशस्तरमा छलफल भएर सरकार पुनर्गठनको प्रक्रिया संचालन हुन्छ ।’ उनले भनिन् ।

सरकारको नेतृत्व कसले र कसरी गर्ने भन्ने तत्काल भन्न नसकिने भएपनि आगामी दिनमा प्रदेशका जनताको हितका लागि सरकार पुनर्गठन जरुरी देखिएको उनको भनाई छ ।

सर्वोच्चको फैसलापछि कांग्रेस सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । देउवाले आजै विपक्षी गठबन्धनसहितको मन्त्रिमण्डल विस्तार गर्दैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*