दलीय व्यवस्था बलियो भयो कि निर्धो ? यसको निर्णय भविष्यमा हुनेछ –ओली
मकवानपुर । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाले दलीय व्यवस्था निर्धो बनाएको आरोप लगाएका छन् ।
मंगलबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै उनले सर्वोच्चको फैसलाले राजनीतिक स्थायीत्व भयो कि भएन भन्ने भविष्यमा थाहा हुने बताए ।
‘मुलुकको राजनीति लामो समयसम्म रहिरहनेछ। लोकतन्त्रको सृदृढीकरणमा प्रतिनिधिसभा विघटनको फैसला सहयोगी रह्यो कि असहयोगी रह्यो ?’ उनले भने ‘दलीय व्यवस्था बलियो भयो कि निर्धो ? यसको निर्णय भविष्यमा हुनेछ।’
फैसलाको पालना गर्ने विषयमा एमाले स्पष्ट रहेको भन्दै उनले भविष्यमा यसले राजनीतिक रुपमा समस्या ल्याउने बताए।
विगतमा पनि केही मानिस खुशी भएको तर कालान्तरमा समस्या परेको उनको दाबी छ। २०५२ सालमा मनमोहन अधिकारीको विघटन सदर गर्दा राजनीति बाहिर जान्छ भनेको र त्यही भएको उनले दाबि गरे।
