बागमती प्रदेशसभा बैठकः एउटा विधेयक पारित

तु खबर संवाददाता
२०७८ असार १९, शनिबार १६:४३

मकवानपुर । बागमती प्रदेशसभाको शनिबार बसेको बैठकले एउटा विधेयक पारित गरेको छ भने दुई वटा विधेयक दफाबार छलफलका लागि स्वीकृति प्रदान गरेको छ ।

प्रदेशसभाले छलफलका लागि स्वीकृति प्रदान गरेर प्रदेश सार्वजनिक सडक तथा पारवहन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि अर्थ तथा विकास समितिले गरेको निर्णयसहितको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । प्रस्ताव पारित भएसँगै उक्त विधेयक ऐनको अंग बन्नेछ ।

त्यस्तै प्रदेशसभा सचिवालयमा दर्ता भएको उच्च शिक्षा विधेयक र प्रदेश पर्यटन माथि छलफलका लागि २ वटा विधेयक माथि छलफल भएको छ ।

बैठकमा प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका स्वीकृति प्रदान गरेको छ ।

२ वटै विधेयक माथि प्रदेशसभामा छलफलका लागि पेश गरीएको थियो । छलफलमा दलगत रुपमा प्रदेशसभाका सदस्यहरुले भाग लिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*