माओवादी र कांग्रेसको विरोधपछि बागमती प्रदेशसभाको बैठक अवरुद्ध

तु खबर संवाददाता
२०७८ असार २१, सोमबार १४:१५

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज ३ मिनेट बसेर स्थगित भएको छ । आज सोमबार १ बजेका लागि आह्वान गरिएको बैठक तोकिएको समयभन्दा ४० मिनेट ढिलो गरी सुरु भई ३ मिनेट बसेर  स्थगित भएकोहो ।

विपक्षी दलहरुको अवरोधका कारण बागमती प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका हुन् ।

बैठक संचालन हुने वित्तिकै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र बागमती प्रदेशका संसदीय दलका नेता शालिकराम जम्मकट्ट्लले आसनबाट उठेर विपक्षी दलको मागहरु सम्बोधन नभएसम्म बैठक चल्न नदिने भन्दै अवरोध गरेका थिए ।

नेता जम्मकट्टेलले प्रदेश सरकारको बजेट प्रदेशका नागरिकहरुको पक्षमा नभएको भन्दै मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिपक्ष दलहरुसंग छलफल गरी निकास निकाल्नु पर्ने भन्दै बैठक संचालनमा अवरोध गरेका हुन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटमा भीमफेदी–कुलेखानी सुरुङमार्ग, विद्युतिय बस खरिद गरी संचालन गर्ने र सरकारको स्वामित्वमा संचार माध्यम संचालन, सशर्त तर्फको अनुदानमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसद् र स्थानीय तहबीच विभेद लगायतका विषय फिर्ता गरेर बठक संचालन गर्नु पर्ने भन्दै विपक्षी दलहरुले विरोध गरेका हुन् ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*