प्रदेशको संचार नीतिबारे हेटौँडामा संवाद कार्यक्रम

तु खबर संवाददाता
२०७८ असार १५, मंगलवार १८:३९

मकवानपुरमा । प्रदेशको संचार नीतिबारे आज हेटौंडामा संवाद कार्यक्रम भएको छ ।

उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना एवम् पत्रकार महासंघ मकवानपुर शाखाको संयोजनमा गरिएको हो ।

कार्यक्रममा सहभागी सञ्चारकर्मी तथा मिडिया उद्यमीहरुले बागमती प्रदेश सरकारले सञ्चार क्षेत्रलाई उपेक्षा गरेको र त्यसकाविरुद्धमा आन्दोलनमा रहेको बताएका छन ।

कार्यक्रममा बागमती प्रदेश प्रतिपक्षी दल नेपाल कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, पत्रकार महासंघका केन्द्रीय सचिव सिर्जना अर्याल, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा, संस्थापक अध्यक्ष प्रताप बिष्ट, केन्द्रीय सदस्य सुनिल खड्का र ध्रुव रावल, ब्रोडकाष्टिङ एशोसियसनका कार्यवाहक अध्यक्ष उज्ज्वल चौलागाईं, आन्तरिक मामिला मन्त्रालयका उपसचिव नारनप्रसाद पोखरेल, प्रेस रजिष्टार रेवती सापकोटा, प्रेस चौतारी मकवानपुर अध्यक्ष धर्मेन्द्र दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*