पदमुक्त भएका मन्त्रीहरूले २० दिनको तलब पाउने

तु खबर संवाददाता
२०७८ असार १३, आईतवार १५:५७

काठमाडौं । सर्वोच्च अदालतले पदमुक्त गरेका २० मन्त्रीहरूले २० दिनको तलब पाउने भएका छन् ।

महिना दिन नपुग्दै सर्वोच्च अदालतको आदेशका कारण पदमुक्त भएका २० मन्त्रीहरूले २० दिनको तलब पाउने भएका हुन् ।

पदमुक्त भएका २० मन्त्रीहरूमध्ये केहीले १८ दिन काम गरेका थिए भने केहीले १२ दिन मात्रै काम गरेका थिए । पदमुक्त भएका २० जना मन्त्रीहरूले १३ दिनको तलब पाउने भएका हुन् ।

त्यसमा अवकाशपछिको ७ दिनको थप तलब सुविधाबापत पाउने व्यवस्था रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले जानकारी दिए ।

गत बैशाख ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रीपरिषद्ले गत जेठ ७ गते दोस्रो पटक प्रतिनिधि सभा भङ्ग भएपछि जेठ २१ गते १० मन्त्री र २ राज्यमन्त्री र जेठ २७ गते ७ मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रीपरिषद् विस्तार गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*