मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम शुभारम्भ

तु खबर संवाददाता
२०७८ असार १४, सोमबार १९:२४

मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रष्तिठान बागमती प्रदेशको शैक्षिक कार्यक्रम शुभारम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज भिडियो कन्फेरेन्समार्फत उक्त शैक्षिक कार्यक्रमको उद्घाटन गरेका हुन् ।

हेटौंडामा भएको कार्यक्रमकोे जननेता मदनको ७० औँ जन्मजयन्तीका अवसरमा गरिएको हो ।

प्रतिष्ठानले स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अघिल्लो महिना अनुमति प्राप्त गरेको छ । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई जनस्वास्थ्यमा २० जना, फार्मेसीमा ३० जना र मेडिकल ल्याब टेक्नोलोजीमा ३० जनालाई अध्यापन गराउन अनुमति प्रदान गरेको छ ।

शैक्षिक कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिष्ठानले कोरोना महामारी तथा अन्य महामारी जन्य रोग र विपद्मासमेत योगदान गर्न सक्ने दक्ष जनशक्तिको उत्पादन गर्नुपर्ने अवस्था आजको आवश्यकता भएको बताए ।

यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कूलपति डोरमडिा पौडेलले मुलुकमा स्वास्थ्य क्षेत्रको विकासलाई गुणस्तरीय, अनुसन्धानमूलक र दक्ष जनशक्ति उत्पादन गर्ने कार्यको लागि प्रदेश सरकारले नयाँ आयामका साथ शैक्षिक कार्यक्रम संचालन गर्न लागिएको बताए ।

त्यस्तै, सो कार्यक्रममा प्रदेशको सामाजिक विकासमन्त्री एवम् प्रतिष्ठानको सहकुलपति सरस्वती बस्नेत, प्रतिष्ठानका उपकूलपति प्रा.डा. विश्वराज जोशी, प्रतिष्ठानका शिक्षाध्यक्ष डा. सचिनकुमार देव र प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले मनतव्य व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा शहिद गंगालाल हृदय रोग प्रतिष्ठानका निर्देशक चन्द्रमणि अधिकारी र मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति विश्वराज जोशीबीच मुटु रोग सम्बन्धि उपचार सेवालाई निरन्तरता दिने विषयमा दुबै पक्षबीच सम्झौता पत्रको आदानप्रदान गरेका थिए ।

त्यस्तै, प्रतिष्ठानका उपकूलपति जोशीले विपि कोइराला क्यान्सर अस्पताल चिवनका निर्देशक देवराज गौतमसँग पनि क्यान्सर रोग उपचार सेवालाई अब हेटौँडा पनि निरन्तरता दिने भन्ने विषयमा सम्झौता पत्र आजै आदानप्रदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*