प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षको बहस सकियो

तु खबर संवाददाता
२०७८ असार १३, आईतवार १६:२३

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षको बहस आइतबार सकिएको छ ।

असार ९ गतेदेखि सुरु भएको रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांसदको तर्फको बहस चार दिनमा आज सकिएको हो ।

बहसमा ३६ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलासले संसद विघटन मुद्दाको पक्ष र विपक्ष दुबै पक्षलाई १५÷१५ घण्टा बहसको समय तोकिदिएको थियो ।

रिट निवेदक पक्षले पाएको १५ घण्टामध्ये १२ घण्टा सकिएको छ । ३ घण्टा समय भने रिट निवेदकको विपक्षीले बहस गरेपछि जवाफ बहसका लागि छुट्याइएको छ ।

त्यस्तै एमिकस क्युरीका लागि २ घण्टा समय तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*