बागमती प्रदेशः मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठक बस्दै

तु खबर संवाददाता
२०७८ जेष्ठ ३१, सोमबार १६:३२

मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठक भोलि असार १ गते मंगलबार बस्ने भएको छ ।

मंगलबार बिहान बस्ने उक्त मन्त्रीपरिषद् बैठकले सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट स्वीकृती प्रदान गर्ने कार्यसूची रहेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले जानकारी दिए ।

बैठकले  सरकारको विषयमा केही महत्व निर्णय पनि गर्नेभएको सरकारको प्रवक्ताका ढुंगेलले बताए ।

बागमती प्रदेश सरकारको आगामी आवको लागि मंगलबार अपराह्न ३ बजे बस्ने प्रदेशसभाको बैठकमा सरकारका प्रवक्ता ढुंगेलले बजेट प्रस्तुत गर्ने कार्य रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*