सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम शब्दजालमात्रै : नेता जम्मकट्टेल

तु खबर संवाददाता
२०७८ जेष्ठ २८,शुक्रबार १२:१७

मकवानपुर । बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्मकट्टेल सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम शब्दको जालैजालो जस्तो रहेको बताएका छ । नेता जम्मकट्टेलले शुक्रबार भएको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम शब्दजाल जस्तो रहेको बताएका हुन् ।

उनले भने, ‘बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम ४५ पेजको छ, जसमा एउटै कुरा २० ठाउँमा दोहोरिएको छ । त्यसकारण प्रस्तुत नीति तथा कार्यक्रम शब्दको जालैजालो जस्तो रहेको छ ।’

नेता जम्मकट्टेलले भने, ‘किसानका समस्यामा समेटेको नीति तथा कार्यक्रम राम्रो र यसमा गरिएको शब्द चयन असाध्यै राम्रो छ ।’

उनले थपे, ‘सघीय सरकारको हस्तक्षप नभएको नीति तथा कार्यक्रम आउनुपाथ्यो आउन सकेन ।’

उनले प्रदेशका विकट पालिकामा समस्या छ, तर बजेट हालेर काम गरांै भन्यो केपी ओली गुटमा जानुपर्छ भन्दै स्थिरताका लागि ल्याएको बहुमतको सरकारको काम यही हो ? भन्दै प्रश्न गरे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्टपतिले गरेको काम अदालते बदर गरेको गरैछ । सरकारले विधि पद्धती मान्नु पर्दैन । जनताको आशा गरेको अनुसार काम भयो त । कता जाँदैछ सरकार भन्दै प्रश्न गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*