युवा नेता लामाको पक्राउप्रति नेता बानियाँको आपत्ती, विना शर्त छोड्न आग्रह

तु खबर संवाददाता
२०७८ जेष्ठ २८, शुक्रबार ०९:१५

मकवानपुर । नेपाली कांग्रेसका युवा नेता गणेश लामालाई कास्की प्रहरीले पक्राउ गरेको विषयलाई लिएर नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले आपत्ती जनाएका छन् ।

नेता बानियाँले बिहिबार एक विज्ञप्ति जारी गर्दै युवा नेता लामाको पक्राउप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । उनले कुनैपनि नागरिकले स्वतन्त्रपूर्वक हिड्डुल गर्न पाउँने अधिकार कुण्ठित हुने गरी प्रहरीको नियन्त्रणमा राख्नु गलत भएको बताए ।

विज्ञप्तीमा नेता बानियाँले नेता लामालाई निषेधाज्ञा उलंघन गरेको आरोपमा नियन्त्रणमा लिएको दावी गरिएपनि बर्तमान सरकारले राजनीतिक पूर्वाग्रह राखी पक्राउ गरेर ज्यादती गरेको दावी गरेका छन् ।

नेता बानियाँले जारी निषेधाज्ञा उलंघन गरेको भन्दै निन्त्रणमा लिएपनि एउटा दलको नेतालाई सामान्य सोधपुछ गरेर छाड्न सकिने वा जरीवाना लिएर छाड्नुपर्ने भएपनि नियन्त्रणमा राखी अनावश्यक सोधपुछ गर्नु बदनियत र दुर्भाग्यपूर्ण भएको बताउँदै नेता लामालाई विना शर्त तत्काल छोड्न विज्ञप्ति मार्फत आग्रह गरेका छन् ।

प्रहरीले निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा बिहिबार लामासहित ३ जनालाई पोखराबाट पक्राउ गरेको थियो । गत आम निर्वाचनमा बागमती प्रदेशसभाका लागि काभ्रे क्षेत्र नं १ ख का उम्मेदवारसमेत रहेका लामाले गण्डकी प्रदेश सरकारमा रहेका निर्वतमान मन्त्री दीपक मनाङेलाई विपक्षी गठबन्धनमा ल्याउन भूमिका खेलेको चर्चा चलेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*