राजनीति/ समाज
माओवादी केन्द्र भीमफेदी–३ को अध्यक्षमा थिङ
मकवानपुर । नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिका–३ को अध्यक्षमा अर्जुन थिङ चयन भएका छन् । आज (सोमबार) भएको भेलाले थिङको संयोजकत्वमा २९ सदस्यीय कार्य समिति चयन भएको हो । कार्यक्रम पार्टी केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका सचिवालय...
महामन्त्री पदमा उम्मेदवारी दिने गगन थापाको घोषणा
मकवानपुर । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् । १३ औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए । त्यसबेला सिटौला समूहबाट उम्मेदवार...
माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक बस्दैछ । बैठक सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको हो । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक बैठक बोलाएका हुन् । बैठक केहीबेर अघि सुरु भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । बैठकमा पार्टीको...
गगन थापाले गरे महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा
काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले महामन्त्री पदको लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं महानगरपालिका वडा नम्वर २० को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता थापाले पार्टीको आगामी हुने १४ औं महाधिवेशनमा महामन्त्री पदको लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । थापाले १३ औं महाधिवेशनमा पनि...
मकवानपुरमा निषेधाज्ञा: पठनपाठन बन्द गराएर विद्यालय भवनमा राजनीतिक दलको भेला
मकवानपुर । कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञा लामो समयदेखि कायमै छ । सक्रिय संक्रमितको संख्यामा बृद्धि भएको भन्दै प्रशासनले पुनः निषेधाज्ञाको अवधि भदौ २० गतेसम्म लम्ब्याएको छ । प्रशासनले निषेधाज्ञाको अवधिमा शैक्षिक संस्थाहरुलाई पठनपाठन क्रियाकलाप पूर्ण रुपले बन्द गराउन आग्रह गरेको छ...
झलनाथ खनालको उपचार खर्च फिर्ताको माग
काठमाडौं । विद्यार्थी संगठन अखिल छैठौंका अध्यक्ष तथा अधिवक्ता विमल पोखरेलले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सरकारले दिएको उपचार खर्च फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विमल पोखरेलले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र झलनाथ खनाललाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले...
नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । आज (आइतबार) संसद भवन बानेश्वरमा बसेको दलको बैठकले नेपाललाई दलको नेता चयन गरेको हो । नेकपा एमालेबाट अलग भएर नेता नेपालको अध्यक्षतामा गत भदौ ९ गते नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको थियो...
नेकपा एसको संसदीय दलको पहिलो बैठक जारी
काठमाडौँ । नेकपा एकिकृत समाजवादी (एस) को संसदीय दलको बैठक आइतबार काठमाडौँमा जारी छ । संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक जारी छ । भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको नेकपा एकीकृत समाजवादीको पहिलो पटक संसदीय दलको बैठक बसेको हो । बैठकले संसदीय दलको...
मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल हुँदै
काठमाडौं । सरकार विस्तारको विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटवार्ताले सरकार विस्तारको विषय टुंगोमा पुर्याउने बताइएको छ । देउवा नेतृत्वको सरकारले डेढ महिनासम्म...
माओवादीको लागि मात्रै होइन समग्र जनताको हित हुने काम गर्नुपर्छ – प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले पार्टीका लागि मात्र नभई देशका सम्पूर्ण जनताको हितका लागि काम गर्नुपर्ने बताएका छन् । वाईसीएल नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको दायित्व देशका आम जनताको हितका लागि अन्य राजनीतिक दलसंग पनि सहकार्य गर्नु रहेको बताए ।...










