राजनीति/ समाज
एमालेले सभामुख र निर्वाचन आयोगविरूद्ध कानुनी प्रतिवाद गर्ने
काठमाडौं । नेकपा एमालेले सभामुख अग्नि सापकोटा र निर्वाचन आयोगविरूद्ध कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ । एमाले केन्द्रीय समिति बिहीबार बसेको बैठकले पार्टीले कारवाही गरेका सांसदहरुलाई सभामुख सापकोटाले सूचना टाँस नगरेको र निर्वाचन आयोगले पार्टीले कारवाही गरेकाहरूलाई समेत सनाखत गराएर नयाँ पार्टी गठनमा मान्यता दिएका भन्दै कानुनी प्रतिवाद...
सरकारमा सहभागी हुने माधव नेपालको घोषणा
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने घोषणा गरेका छन् । अध्यक्ष नेपालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा गठबन्धनको सरकारमा सहभागी हुने घोषणा गरेका हुन् । त्यस्तै उनले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने पनि बताए । उनले भने, ‘हामी कम्युनिस्ट पार्टी छोड्दैनौ,...
प्रदेश १ : मुख्यमन्त्री आचार्यद्वारा पदभार ग्रहण
काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् । आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट सपथ ग्रहण गरेपछि पदभार ग्रहण गरेका हुन् । आचार्यलाई बिहीबार (आज) प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएपछि प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्रीको शपथ ग्रहण गराएका...
प्रदेश नं १ : शेरधन राईलाई राजीनामा गराएर मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त
मकवानपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसंगै नयाँ मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री हेरफेर गर्नुअघि नेकपा एमाले संसदीय दलले दलको नेता परिर्वतन गरिएको थियो । राईले राजीनामा दिएका थिए भने आचार्य संसदीय दलको नेता चुनिएका थिए । ९३ सदस्यीय प्रदेशसभामा एमालेका प्रष्ट...
एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेले आज (बिहीबार) केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक दिउँसो १२ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गरेपछि पहिलो पटक केपी ओली नेतृत्वको एमालेको केन्द्रीय कमिटी बैठक बस्न...
जसपा एक साताभित्र सरकारमा सहभागी हुने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल एक साताभित्र सरकारमा सहभागी हुने भएको छ । जसपाले संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेश र पहाडको प्रतिनिधित्व हुनेगरी समावेशी आधारमा पार्टी एक साताभित्र सरकारमा सहभागी हुने दावी गरेका हुन् । पार्टी सुदृढीकरण एवं जनजागरण अभियान अन्तर्गत बागमती प्रदेशलाई समेटेर बुधबार...
हेटौंडामा २५ मिटर सडक विस्तार गरेरै छाड्ने मेयर महतको अडान, संघीय सरकारको ध्यानाकर्षण
मकवानपुर । पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने सडकको दायाँ/बाँया २५/२५ मिटर विस्तारकोे विषयले लामो समयपछि पुनः चर्चा पाएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सडक विस्तार गरेरै छाड्नै अडान लिएपछि यो विषयले पुनः चर्चा पाएको हो । मेयर महतले बुधबार पत्रकार सम्मेलनमार्फत् संघीय...
माधव नेपाल पक्षका यी केन्द्रीय सदस्य र सांसदले गरे सनाखत
काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल दर्ताको लागि बुधबार सांसद र केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत गराएको छ । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई...
माधव र महन्थको दल दर्ताको लागि निर्वाचन आयोगमा सनाखत सकियो
काठमाडौँ । निर्वाचन आयोगमा माधव कुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको दुई अलग–अलग पार्टी दर्ता प्रक्रियाका लागि सनाखतको काम सकिएको छ । आयोगले आजै दल दर्ताको प्रक्रिया टुंगो लाग्ने जनाएको छ । नेताहरुको भनाइअनुसार नयाँ दल दर्ताका लागि आवश्यक संख्या पुगिसकेको छ । यसअघि नेकपा एमालेबाट अलग भएका नेपालले...
एमालेका नेताहरुलाई माधव नेपालले डाँडामा लगेर थुने –ओली
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका नेताहरुलाई माधव नेपालले डाँडामा लगेर जबरजस्ती थुनेर राखेको आरोप लगाएका छन् । उनले माधव नेपालको यो ‘अपहरणकारी ज्यादतीपूर्ण’ काम भएको भन्दै टिप्पणी समेत गरेका छन् । एमालेले बुधबार गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले एमालेका नेताहरुलाई चन्द्रगिरि डाँडामामा लगेर बलजफ्ती...










