कांग्रेस मकवानपुरको वडा अधिवेशन भदौ २० गते हुने

तु खबर संवाददाता
२०७८ भाद्र १६, बुधबार १९:०१

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको वडा अधिवेशन आगामी भदौ २० गते हुने भएको छ ।

बुधबार पार्टी कार्यालयमा बसेको कांग्रेस मकवानपुरको बैठकले वडा अधिवेशन भदौ २० गते गर्ने निर्णय गरेको हो ।

मकवानपुर जिल्ला सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीना, उपसभापति विष्णुप्रसाद लामिछानेलगायतका नेताहरु उपस्थित थिए ।

कांग्रेसले देशैभर वडा तहको अधिवेशन भदौ १८ गतेदेखि २३ गतेभित्रमा गर्न निर्देशन दिएको थियो । मकवानपुरमा भने पार्टीको सहमति जुटाएर भदौ २० गते गरिने भएको प्रवक्ता कोइरालाले बताए ।