विभिन्न पार्टी परित्याग गरी बकैयाका ४८७ जना कांग्रेसमा प्रवेश
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ४८७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
आज (बुधबार) नेपाली कांग्रेस बकैया गाउँपालिका वडा नम्वर ३ को आयोजनामा भएको एक कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द्र, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी ४८७ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेकपा एमालेको भातृ संगठन युवा संघ बकैया कमिटीको सहसंयोजक दिपक बज्यु, नेकपा एमालेका गाउ कमिटी सदस्य मानबहादुर स्याङ्न र आकाश न्यासुर, स्थानीय माओवादी केन्द्र बकैया गाउँपालिका कमिटि समदस्य देवकुमार मोक्तान, राप्रपाका स्थानीय नेता रमेश भोम्जनलगायतको नेतृत्वमा ४८७ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
कार्यक्रम कांग्रेस बकैया–३ का अध्यक्ष भक्तबहादुर भोलनको सभाध्यक्षता एवम् नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर जिल्ला सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको हो ।
नवप्रवेशीहरुलाई प्रमुख अतिथि बानियाँले टिका लगाएर स्वागत गरेका थिए ।
बकैया गाउँपालिकाका अध्यक्ष दमोदर खनाल र मकवानपुर जिल्ला सदस्य कृष्णप्रसाद खनालको विशेष अतिथिमा भएको कार्यक्रममा नेपाली कांग्रेस बकैया गाउँपालिकाका सभापति भूमिनन्द गौतमलगायत स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
