राजनीति/ समाज

मकवानपुरका विरोध खतिवडा मन्त्री बन्लान् ?

मकवानपुर । एमाले विभाजनपछि गठन भएको नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ बाट निर्वाचित सांसद् विरोध खतिवडा मन्त्री बन्ने कसरतमा छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माधव नेपालले गठन गरेको नेकपा एकिकृत समाजवादी पार्टी पनि सामेल हुने भएपछि मकवानपुरका खतिवडा पनि मन्त्री...

नेपाली कांग्रेस हेटौंडा ४ नम्वर वडाको भेला

मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा समितिको भेला शनिबार सम्पन्न भएको छ । ४ नम्वर वडाका सभापति हरिप्रसाद पौडेलको सभाध्यक्षतामा भएको भेलामा नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सचिब बुद्ध लामा, पार्टी प्रबक्ता प्रदीप कोइराला, एक...

सन्तनेता कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र हेटौंडामा बिजेन्द्र अग्रवालको नेतृत्व

मकवानपुर । नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा रहेको सन्तनेता कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र हेटौंडाको अध्यक्षमा बिजेन्द्र अग्रवाल चयन भएका छन् । शनिवार हेटौंडामा भएको भेलाले अग्रवाललाई केन्द्रको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । केन्द्रको उपाध्यक्षद्वयमा मन्जु खराल र सुवासचन्द्र अधिकारी, सचिव कुमार अधिकरी पोष्टराज,...

एक–दुई वटा पात झर्दैमा रुखलाई कुनै असर पर्दैन – ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल र केही नेताहरुले मात्रै एमाले छाडेर अर्को पार्टी गठन गरेको भएपनि केही फरक नपर्ने बताएका छन् । उनले ठुलो रुखलाई एक–दुई वटा पात झर्दैमा केही फरक नपर्ने भन्दै टिप्पणीसमेत गरे । शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा उनले भने ‘एक...

देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच आज (शनिबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । उनीहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दुवै नेताबीच चाँडै मन्त्रिपरिषदलाई...

लोकतान्त्रिक समाजवादी पार्टीको बैठक जारी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको बैठक जारी छ । बिहीबारदेखि जारी केन्द्रीय कार्यकारिणी समितिको बैठक आज दोस्रो दिन बबरमहलस्थित पार्टी कार्यालयमा बसेको हो । जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुरले गठन गरेको लोसपाले संगठन निर्माण तथा सुदृढीकरणलगायतका एजेण्डामा छलफल हुने कार्यकारिणी सदस्य जितेन्द्र...

निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने एमालेको तयारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने भएको छ । दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानूनी उपचार खोज्ने निर्णय गरेको एमाले आइतबार सर्वोच्च जाने भएको हो । सो पार्टीको गत बिहिबार बसेको केन्द्रीय समितिको बैठकले दल दर्ताका क्रममा निर्वाचन आयोगले...

नवगठित लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालय उद्घाटन

काठमाडौं । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आज बबरमहलमा पार्टी कार्यालय उद्घाटन भएको छ । बबरमहलमा महन्थ ठाकुरले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठनदेखि नै कार्यालय सञ्चालन गरिरहेका थिए । जसपा नेपालको पार्टी कार्यालय बालकुमारीमा कायम गरेपनि ठाकुरले बबरमहलको कार्यालय छाडेका थिएनन् । अहिले लोकतान्त्रिक समाजवादी पार्टी गठन...

बागमती प्रदेशको आठौं अधिवेशन बैठक अन्त्य

मकवानपुर । बागमती प्रदेशसभाको आठौं अधिवेशन बैठक अन्त्य गरिएको छ । बागमती प्रदेशको शुक्रबार (आज) बिहान बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषदको सिफारिस लगत्तै प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८६ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि...

आलमको मुद्दामा आज पनि सुनुवाइ भएन

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा शुक्रबार पनि सुनुवाइ हुन सकेन । बारम्बार पेसी तोकेर पनि विभिन्न कारणले सुनुवाई हुन नसकेको सो मुद्दा विपक्षीको कानुन व्यवसायीबाट स्थगितका लागि माग भए बमोजिम शुक्रबार पनि सुनुवाई हुन नसकेको हो । सर्वोच्च अदालतले आलमको मुद्दामा सुनुवाइका लागि...