मकवानपुरमा कांग्रेसका १०२ वडा निर्वाचन अधिकृतलाई अनुशिक्षण

तु खबर संवाददाता
२०७८ भाद्र १८, शुक्रबार १८:२७

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको वडा अधिवेशनका लागि खटिने १०२ वडा निर्वाचन अधिकृतका लागि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

भदौ २० गते हुन लागेको वडा अधिवेशनका लागि खटिने १०२ निर्वाचन अधिकृतका लागि शुक्रबार एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता एवम् जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य उपाध्यायले पार्टीको निर्वाचनलाई सहज ढंगबाट सम्पन्न गर्न निर्वाचन अधिकृतहरूको भूमिका खेल्न आग्रह गरेकी थिइन् ।

कार्यक्रममा जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउन अहिलेको निर्वाचनले महत्त्वपूर्ण भूमिका रहने बताउँदै यसका लागि निर्वाचन अधिकृतहरूले तत्पर रहन आग्रह गरे । उनले सकभर सहमति र नभए प्रक्रियामार्फत निर्वाचन सम्पन्न गर्न उनको निर्देशन थियो ।

कार्यक्रममा जिल्ला सहायक निर्वाचन अधिकृत र वडा निर्वाचन अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने निर्वाचन सामग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा पार्टीका जिल्ला उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, प्रवक्ता प्रदिप कोइराला, सल्लाहकार अशोक शाक्य, जिल्ला सदस्य राजिव सुवेदी, क्षेत्रीय सचिव सुवातसिं थिङ, शिक्षक संघ बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष दिपकलाल श्रेष्ठ, जिल्ला अध्यक्ष रामकुमार अधिकारी, प्राध्यापक संघका अध्यक्ष राजबाबु पहाडी, डिएलए मकवानपुरका अध्यक्ष कृष्णप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।