हेटौंडा उपमहानगरपालिकाकी उपमेयरसहित २५ जना एकीकृत समाजवादीमा

तु खबर संवाददाता
२०७८ भाद्र १८, शुक्रबार ०८:११
file-photo

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामासहित २५ जनाले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

बिहीबार मकवानपुरका सबै स्थानीय तहका २५ जना प्रतिनिधिहरुले प्रदेश निर्वाचन कार्यालय हेटौँडामा पुगेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए ।

उपमेयर लामासँगै मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तान, मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले नेकपा एकीकृत समावादीमा सनाखत गरेका हुन् ।

त्यस्तै, थाहा नगरपालिकाका वडा ११ का वडा अध्यक्ष किरणमान बलसहित अर्का एक वडा अध्यक्षले नेकपा एसमा सनाखत गरेका छन् ।

नेकपा एमाले आधिकारिक रूपमा विभाजन भएपछि गत भदौ १५ गतेदेखि २२ गतेसम्म नवगठित पार्टी नेकपा एसमा सनाखतका लागि समय सीमा दिइएको छ ।