एमाले उपाध्यक्ष वामदेव गौतमले दिए पदबाट राजीनामा
मकवानपुर । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा पत्र स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् ।
५ पुस २०७७ मा संसद विघटनसँगै साविकको नेपाल कम्युनिष्ट पार्टी नेकपा दुई खेमामा विभाजित हुँदा उनले एकता अभियान संचालन गरेका थिए ।
सर्वोच्च अदालतले २३ फागुनमा एमाले पुनस्र्थापना गरेपछि पनि पार्टीमा एकता हुन सकेन ।
गौतमले माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीलाई रोज्ने उनी निकटका नेताहरुले बताएका छन् । उनले जनताको बहुदलीय जनवाद लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने लगायतका शर्त माधव नेपालसमक्ष राखेका छन् ।
