देशभर पार्टीको नाममा रहेको सम्पत्ति संकलन गर्दै माओवादी

तु खबर संवाददाता
२०७८ भाद्र १७, बिहीबार १४:५०

काठमाडौं । नेकपा माओवादी केन्द्रले देशभर पार्टीको नाममा रहेको सम्पत्ति संकलन गर्ने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी विघटन भएर माओवादी ब्युँतिएसँगै माओवादीले पार्टीको नाममा रहेको सम्पत्ति संकलन गर्न लागेको माओवादी पार्टी कार्यालय स्रोतले जनाएको छ ।

स्रोका अनुसार पार्टी र पार्टी अन्तर्गतका जनवर्गीय तथा मोर्चा संगठनका नाममा रहेका सम्पत्तिको लगत संकलन गर्न थालिएको हो । जसअनुसार प्रदेश, जिल्ला र स्थानीय तहसम्मका चलअचल सम्पत्तिको अभिलेख राखिनेछ । जसमा घर घडेरी र जग्गा सबैको लगत संकलन हुने बताइएको छ ।