राजनीति/ समाज
उपाध्यक्षज्यूलाई हाम्रो कारणले असुरक्षा छैन, यतिसम्म गिर्नुहुन्छ भन्ने लागेको थिएन– अध्यक्ष उप्रेती
मकवानपुर । गएको भदौ ५ गते मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पत्रकार सम्मेलन गर्दै आफ्नो ज्यान असुरक्षित रहेको बताएपछि जनप्रतिनिधि र राजनीतिक बृत्तमा एक किसिमको तरङ्ग नै पैदा भयो । आफुमाथि कार्यपालिकाका सदस्य र जनप्रतिनिधिले आगामी दिनमा जुनसुकै घटना घट्नसक्ने संकेत गरिसकेको भन्दै उनले ज्यान जोगाइदिन अपिल गरेकी थिइन्...
एमालेको स्थायी कमिटी बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने भएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार, बैठकमा एकता पक्षधर नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न गरेको माग लगायतका विषयमा छलफल हुनेछ...
भदौभित्र माओवादी केन्द्र मकवानपुरले सदस्यता टुंग्याउने
मकवानपुर । नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय समितिको बैठक सोमबार हेटौंडामा बसेको छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा पार्टी जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामीको अध्यक्षतामा बैठक बसेको हो । बैठकले यही भदौ मसान्तसम्म पार्टी सदस्यता नविकरण र वितरण गरिसक्ने निर्णय गरेको छ ।...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पाए विश्वासको मत
मकवानपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ र विपक्षमा शून्य मत परेको छ । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा...
एमालेले बोलायो स्थायी कमिटीको बैठक, रावल, भुसाल र विष्टलगायतका नेताहरु सहभागि हुने
काठमाडौँ । नेकपा एमालेले भोलि मंगलबारका लागि स्थायी कमिटीको बैठक आह्वान गरेको छ । भोलिको बैठकमा एमाले एकताका पक्षधर नेताहरु पनि सहभागि हुने बुझिएको छ । नेपाल समूहसँग रहेका, तर नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न नेतृत्वलाई सोमबारसम्मको...
सभापतिको साझा उम्मेदवार छान्न पौडेल पक्षको छलफल जारी
काठमाडौं । सासन्न महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार छान्न रामचन्द्र पौडेल पक्षले छलफल अघि बढाएको छ । क्रियाशील सदस्यता विवाद लगभग टुंगिएपछि पौडेल समूहका सभापतिका आकांक्षीहरुले मंगलबार छलफल गरेका हुन् । वत्तिसपुतलीस्थित अनुपम फुड्ल्याण्डमा भएको छलफलमा पौडेलसँगै महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, डा. रामशरण...
सदस्यता विवाद कायमै, कांग्रेस निर्वाचन समिति महाधिवेशनको तयारीमा
काठमाडौँ । नेपाली कांग्रेस निर्वाचन समिति महाधिवेशनको तयारीमा जुटेको छ । कांग्रेस क्रियाशील सदस्यता टुंग्याउन अन्तिम रस्साकस्सी चलिरहेका बेला निर्वाचन समिति महाधिवेशनको तयारीमा जुटेको हो । मंसिर ९–१३ सम्म १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको कांग्रेसको अझै सदस्यता टुंगो भने लागेको छैन । सभापतिले क्रियाशील सदस्यता रुजु...
माओवादी केन्द्रको मकवानपुरगढी ४ नम्बर वडा अध्यक्षमा योन्जन
मकवानपुर । नेकपा माओवादी केन्द्रको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा हेम बहादुर योन्जन चयन भएका छन् । पार्टीको आज (आइतबार) भएको वडा भेलाले योन्जनको संयोजकत्वमा २७ सदस्यीय वडा कमिटी गठन गरेको नेकपा माओवादी केन्द्र मकवानपुरका सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी...
एमालेद्वारा लुम्बिनी प्रदेशका सभामुख घर्तीको राजनीनामा माग
लुम्बिनी । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले सभामुख पूर्णबहादुर घर्तीको राजनीनामा माग गरेको छ । प्रदेशसभा सदस्यद्वय विमला कुमारी खत्री वली र अजय शाहीमाथि पार्टीले गरेको कारवाहीलाई प्रदेशसभाले मान्यता नदिएको भन्दै एमालेले सभामुख घर्तीको राजीनामा माग गरेको हो । एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभा सदस्यद्वय...
लुम्बिनी प्रदेशसभा सचिवालयले भन्यो – सांसद शाही र वलीलाई कारबाही गर्न मिल्दैन
लुम्बिनी । लुम्बिनी प्रदेशसभा सचिवालयले सरकारमा सहभागि भएका एमालेका सांसद् अजय शाहीलाई पदमुक्त गर्न नमिल्ने जनाएको छ । गठबन्धनमा सामेल हुँदै विनाविभागीय मन्त्री भएका शाही हृदेश त्रिपाठी समूहका सूर्य चिन्हबाट निर्वाचित सांसद हुन् । एमालेले सरकारमा सहभागि भएको भन्दै शाहीलाई कारबाही गरेको थियो । सो व्यहोराको पत्र एमालेले प्रदेशसभा...










