नेकपा एसको संसदीय दलको पहिलो बैठक जारी
काठमाडौँ । नेकपा एकिकृत समाजवादी (एस) को संसदीय दलको बैठक आइतबार काठमाडौँमा जारी छ ।
संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक जारी छ । भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको नेकपा एकीकृत समाजवादीको पहिलो पटक संसदीय दलको बैठक बसेको हो ।
बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयन गर्नेछ । एकीकृत समाजवादीमा प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा सात जना सांसद छन् ।
