नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा नेपाल

तु खबर संवाददाता
२०७८ भाद्र १३, आईतवार १४:५४
Madhav- kumar- nepal

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् ।

आज (आइतबार) संसद भवन बानेश्वरमा बसेको दलको बैठकले नेपाललाई दलको नेता चयन गरेको हो ।

नेकपा एमालेबाट अलग भएर नेता नेपालको अध्यक्षतामा गत भदौ ९ गते नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको थियो ।

नेता नेपालसँग ३० सांसद रहेका छन् ।