‘एमालेको अध्यक्षमा दाबी गर्न योग्य छु’
काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा दावी गर्न आफू योग्य रहेको बताएका छन् ।
सोमबार संचारकर्मीहरुसँग कुरा गर्दै महासचिव पोखरेलले आफू क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्षमा दाबी गर्न आफू योग्य रहेको बताएका हुन् ।
पोखरेलले आफू उम्मेदवार भए पनि कार्यकर्ताको चाहना नभएमा उम्मेदवार हुनुको कुनै अर्थ नहुने बताए ।
नेकपा एमालेको आगामी महाधिवेशन २०७९ साल बैशाख १० गते भित्र सम्पन्न गरिसक्नुपर्नेछ । त्यसको लागि पार्टीले आगामी असोजको पहिलो हप्ता विधान महाधिवेशनको आयोजना गरिने भएको उनले बताए ।
उनले सत्तारुढ गठबन्धनलाई ‘टालाटुली’को संज्ञा दिँदै यो धेरै नटिक्ने जिकिर गरेका छन् ।
