गगन थापाले गरे महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा
काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले महामन्त्री पदको लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सोमबार काठमाडौं महानगरपालिका वडा नम्वर २० को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता थापाले पार्टीको आगामी हुने १४ औं महाधिवेशनमा महामन्त्री पदको लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
थापाले १३ औं महाधिवेशनमा पनि कृष्ण प्रसाद सिटौला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएर पराजित भएका थिए ।
