राजनीति/ समाज
एमालेका पूर्व अध्यक्ष खनालले भने – म नेकपा एकिकृत समाजवादीको पक्षमा छु
काठमाडौँ । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले माधव नेपालको नेतृत्वमा गठन भएको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) प्रति आफ्नो पूर्ण साथ समर्थन रहेको उल्लेख गरेका छन् । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत रहेका नेता खनालले एमालेमा प्रतिगमनकारी र स्वेच्छाचारीहरु हावी हुँदै गएकोले नयाँ दल दर्ता गरी कम्युनिष्ट विचारधारा...
हेटौंडा–७ का एक सयभन्दा बढी व्यक्ति एमालेमा प्रवेश
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ का एक सय भन्दा बढी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेमा प्रवेश गरेका छन् । आज (शनिबार) भएको राष्ट्रिय युवा संघ नेपाल ७ नम्वर वडा कमिटिको युवा भेलामा नेपाली कांग्रेस, नेकपा माओवादी, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी एक सयभन्दा बढी व्यक्ति एमालेमा प्रवेश...
पेरिसडाँडामा माओवादी स्थायी समितिको बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक केहीबेरमा केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । सो बैठकमा यसअघि केन्द्रीय समितिबाट पारित भएका निर्णयका सन्दर्भमा छलफल हुने जनाइएको छ । केहीदिन अघि सम्पन्न माओवादीको केन्द्रीय कमिटी बैठकले पुस १३–१५ मा राष्ट्रिय भेला गर्ने प्रचण्डको प्रस्ताव पारित गरेको थियो। यस्तै,...
प्रदेशको स्थायी राजधानी हेटौंडा राख्न सफल भएँ : डोरमणि पौडेल
मकवानपुर । बागमती प्रदेशका निर्वतमान मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानी हेटौंडा राख्न आफु सफल भएको बताएका छन् । शनिबार राष्ट्रिय युवा संघ नेपाल ७ नम्वर वडा कमिटिको बृहत युवा भेलालाई सम्बोधन गर्दै पौडेलले मकवानपुरकै केही प्रदेश सदस्यले राजधानी हेटौंडा राख्न नमानिरहेको अवस्थामा समेत आफुले स्थायी राजधानी हेटौंडा राख्न...
कांग्रेस मकवानपुरद्वारा बधाई तथा धन्यवाद ज्ञापन
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले केन्द्रीय सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएकोमा बधाई एवम् सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको छ । साथै सभापती देउवालाई सरकारको नेतृत्वमा पुर्याउन सहयोग गर्ने सबैप्रति धन्यवादसमेत ज्ञापन गरेको छ । कांग्रेस मकवानपुरको हालसालै सम्पन्न बैठकले सभापति देउवालाई सरकारको नेतृत्वमा...
विभिन्न पार्टी परित्याग गरी ३५० जना एमालेमा प्रवेश
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ मा ३ सय ५० नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । हेटौंडा–१५ का सानो सुकौली र ठुलो सुकौलीमा नेपाली काङ्ग्रेस, जनता समाजबादी, राप्रपा, नेकपा माओबादी केन्द्रलगायत विभिन्न पार्टी परित्याग गरी ३ सय ५० जना एमालेमा प्रवेश गरेको एमाले जिल्ला सदस्य...
निर्वाचन आयोगले नेपाल र ठाकुर पक्षलाई सनाखतको लागि बोलायो
काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाललाई सनाखतका लागि बोलाएको छ । आयोगले दुवै पार्टीलाई भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेभित्र सनाखतका लागि बोलाइएको आयोगका सूचना अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए । शेरबहादुर...
महन्थ ठाकुरको पार्टीको नाम ‘लोकतान्त्रिक समाजवादी’
काठमाडौं । महन्थ ठाकुर पक्षले पार्टीको नाम परिवर्तन गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार...
हेटौंडाका ८५ जना कांग्रेसमा प्रवेश
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा विभिन्न पार्टी परित्याग गरी ८५ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । हेटौंडा–१७ र १८ नम्वरका वडाका युवाहरु नेकपा एमाले, माओवादी, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी ८५ जना कांग्रेसमा प्रवेश गरेका हुन् । कार्यक्रम नेपाल तरुण दल हेटौंडा–१८ का अध्यक्ष अशोक केसीको सभाध्यक्षता तथा...
बागमतीको प्रदेश प्रमुखमा शर्मा नियुक्त
काठमाडौं । बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । शर्मालाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बागमती प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । यसअघि बागमती प्रदेश प्रमुखमा विष्णुप्रसाद प्रसाई रहेका थिए । राष्ट्रपति भण्डारीले प्रसाईलाई प्रदेश प्रमुखबाट पदमुक्त गरेसँगै यादवलाई नियुक्त गरेकी हुन् । नवनियुक्त प्रदेश...










