सरकारमा सहभागी हुने माधव नेपालको घोषणा
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने घोषणा गरेका छन् ।
अध्यक्ष नेपालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा गठबन्धनको सरकारमा सहभागी हुने घोषणा गरेका हुन् ।
त्यस्तै उनले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने पनि बताए । उनले भने, ‘हामी कम्युनिस्ट पार्टी छोड्दैनौ, कम्युनिस्ट पार्टीले मात्रै जनताको समस्या सम्बोधन गर्छ ।’
उनले सुकुम्वासी समस्या समाधान गर्ने भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी र शिक्षा लगायतका सात विषयलाई महत्व दिने बताए ।
ओलीले अघि सारेका पानी जहाज र रेलका सपना आफुहरुले नबाँड्ने तर गर्नसक्ने कामहरु गर्ने उनको भनाई छ ।
