राजनीति/ समाज
डोरमणि पौडेलको राजीनामा स्वीकृत, अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री पदमा नियुक्त
मकवानपुर । बागमती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम नेकपा संसदीय दलको बहुमत प्राप्त नेता अष्टलक्ष्मी शाक्यलाई बुधबार बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका छन् । त्यस्तै उनले नेपालको संविधानको धारा १६९ को १ को (क) बमोजिम बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको...
बागमती प्रदेश अपडेटः माधव पक्षका सांसद पाण्डे भन्छन् –म प्रतिगमनको मतियार बन्न सक्दिन
मकवानपुर । नेकपा एमालेका प्रभावशाली नेता एवम् बागमती प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले सत्ताको लोभमा प्रतिगमनकारीहरुसंग कुनै सम्झौता हुन नसक्ने बताएका छन् । प्रदेशमा माधव नेपाल पक्षको नेतृत्व सम्हालेकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन लागिएको विषयमा प्रतिक्रिया दिँदै उनले आफु प्रतिगमन र स्वेच्छाचारिताको पक्षधर हुन नसक्ने बताएका हुन् । ‘पार्टी एकता...
माधव नेपालको दल आधिकारिक रुपमा दर्ता भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गरिने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपालले नेतृत्व गरेको दल नेकपा एमाले समाजवादी आधिकारिक रुपमा दर्ता भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेकपा एमालेका माधवकुमार नेपाल पक्ष औपचारिक रुपमा विभाजन हुन बाँकी रहेकोले मन्त्रिपरिषद् विस्तारमा समय लाग्ने...
अपडेटः मुख्यमन्त्री पौडेलले राजीनामा दिँदै, आजै शाक्यलाई नियुक्त गरिने
मकवानपुर । नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले मुख्यमन्त्री डोरमणि पौडेलले केहीबेरमा नै राजीनामा दिने र नेतृ अष्टलक्ष्मी शाक्यलाई नियुक्त गरिने तयारी भइरहेको जानकारी दिएका छन् । एमाले संसदीय दलका नेता डोरमणि पौडेललाई राजीनामा गराई नेतृ शाक्यलाई संसदीय दलको नेता चयन गरिसकिएको बताउँदै उनले आजै नेतृ शाक्य...
अपडेटः संसदीय दलको नेता परिवर्तन गरिएको पत्र प्रदेशसभा सचिवालयमा पठाइयो
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता परिवर्तन गरिएको पत्र बागमती प्रदेशसभा सचिवालयको कार्यालयमा पठाइएको नेकपा एमालेका प्रमुख सचेत दीपक निरौलाले जानकारी दिएका छन् । बुधबार संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा बसेको संसदीय दलको बैठकमा पौडेल स्वयमले नेतृ शाक्यलाई संसदीय दलको नेता चयन गर्न...
अपडेटः एमालेको सरकार टिकाउन अष्टलक्ष्मीलाई मुख्यमन्त्रीको चिठ्ठा
मकवानपुर । केन्द्रमा नेकपा एमाले विभाजन भएसंगै बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परेको छ । बुधबार माधव नेपालले आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गर्ने निर्णय गरेपछि एमालेको स्पष्ट बहुमतमा रहेको बागमती सरकार धरापमा परेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय...
अपडेट: अष्टलक्ष्मी शाक्य एमाले बागमती प्रदेश संसदीय दलको नेता चयन
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छिन् । बागमती प्रदेशमा माधव नेपाल पक्षको नेतृत्व संहाल्दै आएकी शाक्यलाई एमालेले संसदीय दलको नेता चयन गरेको हो । केहीबेर अघि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले बागमती प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएका थिए ।...
मुख्यमन्त्री पौडेलले दिए एमाले संसदीय दलको नेताबाट राजीनामा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले बागमती प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गर्ने निर्णय गरेपछि बागमती प्रदेशमा माधव पक्षको नेतृत्व गरिरहेकी अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता बनाई मुख्यमन्त्री बनाउने रणनीतिमा एमाले छ ।...
एमाले विभाजन: माधव नेपालको नेतृत्वमा ‘नेकपा एमाले समाजवादी’ पार्टी दर्ता गर्ने निर्णय
काठमाडौँ । नेकपा एमाले विभाजन भएको छ । माधव कुमार नेपाल पक्षको आज बसेको बैठकले माधव कुमार नेपालको नेतृत्वमा ‘नेकपा एमाले समाजवादी’ पार्टी दर्ता गर्ने निर्णय गरेको हो । बुधबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक...
माधव पक्ष आजै नयाँ दल दर्ता गर्ने तयारीमा
काठमाडौँ । नेकपा एमालेको माधव नेपाल पक्षले बुधबार नयाँ दल दर्ता गर्ने तयारी गरेको छ । सरकारको सिफारिसमा संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नेपाल समूहले दल दर्ताको तयारी अघि बढाएको हो । सोही विषयमा अहिले...








