एमालेले बोलायो स्थायी कमिटीको बैठक, रावल, भुसाल र विष्टलगायतका नेताहरु सहभागि हुने

तु खबर संवाददाता
२०७८ भाद्र ७, सोमबार १४:३३

काठमाडौँ । नेकपा एमालेले भोलि मंगलबारका लागि स्थायी कमिटीको बैठक आह्वान गरेको छ ।

भोलिको बैठकमा एमाले एकताका पक्षधर नेताहरु पनि सहभागि हुने बुझिएको छ ।

नेपाल समूहसँग रहेका, तर नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न नेतृत्वलाई सोमबारसम्मको अल्टिमेटम दिएका थिए ।
उनीहरु सोमबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पनि पुगेका थिए ।

आज विहानको छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति जुटेपछि भोलिको बैठक बोलाइएको एमाले स्रोतले बताएको छ ।

बैठकले माधव नेपाललाई नयाँ दल दर्ताको लागि रोक्दै पार्टी एकताको लागि आह्वान गर्ने पनि संभावना रहेको एमालेका नेताहरु बताउँछन् ।