राजनीति/ समाज
राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छिन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनलाई सहज बनाउने उदेश्यका साथ अध्यादेश सिफारिस गरेको थियो । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्थासहित राष्ट्रपति समक्ष अध्यादेश सिफारिस गर्ने...
५ दलीय गठबन्धन जोगाउन दल सम्बन्धी अध्यादेश पास हुनुपर्छ – नेता जम्मकट्टेल
मकवानपुर । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले अहिलेको ५ दलीय गठबन्धन जनताप्रति उत्तरदायी गठबन्धन भएको बताएका छन् । बागमती प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका जम्मकट्टेलले ५ दलीय गठबन्धन प्रतिगमनको विरुद्ध लोकतन्त्र र संविधानको रक्षा गर्न बनेको गठबन्धन भएको स्पष्ट पार्दै दीगो...
पत्रकार महासंघ मकवानपुरद्वारा फिचर लेखन प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण
मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरद्वारा आयोजित फिचर लेखन प्रतियोगिताका विजयीहरुलाई आज नगदसहित पुरस्कृत गरिएको छ । मकवानपुरका पत्रकारहरुलाई लक्षित गरेर आयोजना गरिएको सो प्रतियोगितामा क्रमश प्रथम हुने प्रमोद आर्याललाई नगद २५ हजार, द्धितीय हुने भावना रिजाललाई नगद १५ हजार र तृतीय हुने सुदिप शिवाकोटीलाई नगद १० हजारसहित पुरस्कृत...
निषेधाज्ञा जारी गरेर सिडियो निदाएः निरिह जनतालाई सास्ती पहुँचवालालाई मस्ती
मकवानपुर । कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले लामो समयदेखि निषेधाज्ञाको अवधि लम्ब्याउँदै आएको भएपनि त्यसको प्रभावकारी कार्यान्वयन भने भएको छैन । प्रमुख जिल्ला अधिकारी (सिडियो) भरतमणि पाण्डेले निरिह जनतालाई निषेधाज्ञा भन्दै सास्ती दिँदै आएको भएपनि पहुँचवाला व्यक्ति र राजनीतिक दलका कार्यकर्ताले भने खुलेआम निषेधाज्ञा...
‘अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक’
मकवानपु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक भएको बताएका छन् । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि अध्यक्ष थापाले सामाजिक संजाल ट्वीटमार्फत संसदको बैठक अन्त्य गरेर भोलिपल्टै दल सम्बन्धी अध्यादेश जारी गर्ने सरकारको निर्णय दलिय प्रणाली कमजोर बनाउने उद्देश्यबाट अभिप्रेरित रहेको बताए...
डा. गोविन्द केसी तत्काल अनसन नबस्ने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासंगको भेटपछि डा.गोविन्द केसी तत्कालका लागि अनसन नबस्न सहमत भएका छन् । चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा। केसी अनशन स्थगित गर्न सहमत भएका हुन् । डा। केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्नेसहित पाँचबुँदे राख्दै ३ भदौदेखि आमरण अनशन बस्ने चेतावनी दिएका...
दल विभाजनसम्बन्धी अध्यादेशको महन्थ ठाकुर पक्षद्वारा स्वागत
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल जसपाको महन्थ ठाकुर पक्षले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको स्वागत गरेको छ । सो पक्षले आफूहरु नयाँ पार्टी गठनको गृहकार्यमा जुटेको समेत जनाएको छ । संघीय राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रममा महन्थ पक्षले आफूहरु उपेन्द्र यादवसँग मिलेर बस्न नसक्ने अवस्थामा पुगेकोले छिट्टै नयाँ...
प्रधानमन्त्री देउवा र डा. केसीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच भेटवार्ता भएको छ । लामो समयदेखि पटक–पटक स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरिनुपर्ने मागसहित अनसन बस्दै आएका केसीलाई आज प्रधानमन्त्री देउवाले भेटेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र डा. केसीबीच भेटवार्ता भएको हो । यसअघि डा. केसीले...
बागमती प्रदेशसभा बैठकः सत्तारुढ दलका सांसदहरुले भने – पार्टी फुटाउने विधेयक फिर्ता लिइनुपर्छ
मकवानपुर । बागमती प्रदेशका सत्तारुढ दलका सांसदहरुले संघीय संसद्मा पार्टी फुटाउने विधेयक पारित गर्न नहुने बताएका छन् । प्रदेशसभाको मंगलबार बसेको बैठकमा शुन्य समयमा आफ्नो धारणा राख्दै प्रदेशसभा सदस्यहरु रत्नप्रसाद ढकाल, शेरजंग थापा, जुनेलीमाया श्रेष्ठलगायतले संघीय सरकारले पार्टी फुटाउने विधेयक पारित गर्न नहुने भन्दै प्रदेश सरकारमार्फत् संघीय सरकारको ध्यानाकर्षण...
नवनियुक्त प्रदेश प्रमुख मिश्रद्वारा शपथ ग्रहण
काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख मिश्रले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको एक कार्यक्रमबीच शपथ ग्रहण गरेका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको कारा १६७ बमोजिम पद तथा गोपनीयताको शपथ दिलाएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा...









