राजनीति/ समाज

२५ मिटर सडक: मुख्यमन्त्री पौडेलको अवरोध कायमै, मेयर महत विस्तारको पक्षमा

मकवानपुर । लामो समयदेखि अन्यौलमा परेको २५ मिटर सडक विस्तारको विषय एकाएक फेरी चर्चामा आएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सडक विस्तार गरेरै छाड्नै अडानसहितको अभिव्यक्ति सार्वजनिक गरेपछि यो विषयले पुनः चर्चा पाएको हो । गएको साउन २९ गते हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महतले...

बागमती प्रदेशसभा बैठक भदौं १ गते बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको बैठक भदौं १ गते मंगलबार बस्ने भएको छ । बैठक मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । गत असार २८ गतेदेखि स्थगित बैठक भोलि मंगलबार बोलाइएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले जानकारी दिए । उनका अनुसार, भोलि बस्ने बैठकका लागि...

बागमतीमा माओवादीको सदस्य संख्या १ लाख १२ हजारबढी

मकवानपुर । बागमती प्रदेशका नेपाल कम्युजिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका सदस्यहरुको कूल संख्या १ लाख १२ हजार ३ सय ७३ जना रहेको छ । पार्टीका नेता नारायण दाहालले काठमाडौंमा जारी माओवादीको केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलको रिपोर्ट प्रस्तुत गर्दै बागमती प्रदेशका सदस्यहरुको संख्या प्रस्तुत गरेका हुन् । उनका अनुसार,...

हेटौंडा–४ मा नेकपा एमाले निकटको युवासंघ गठन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा नेकपा एमाले निकटको युवासंघ नेपालको वडा कमिटी गठन गरिएको छ । शनिबार बसेको भेलाले युवा संघ, नेपाल हेटौँडा ४ मा मुकेश भुजेलको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा सन्तोष मानन्धर, अमन श्रेष्ठ, सचिवमा शुभम् लम्साल, सहसचिवमा श्रीषा...

नेपाली कांग्रेसको महाधिवेशन मंसिर ९ गते

मकवानपुर । नेपाली कांग्रेसको महाधिवेशन मंसिरमा हुने भएको छ । शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो । केन्द्रीय समिति बैठकको निर्णय...

मुख्यमन्त्री पौडेलद्वारा ज्यामिरे खोलामा नवनिर्मित पुल उद्घाटन

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ स्थित ज्यामिरे खोलामा नवनिर्मित पुल उद्घाटन गरेका छन् । गाउँपालिकाको ज्यामिरे र धादिङ्ग बजार जोड्ने ज्यामिरेको पुल मुख्यमन्त्री पौडेलले शनिबार उद्घाटन गरेका हुन् । संघीय सरकारबाट ८९ लाख ६४ हजार ३१९, प्रदेश सरकारबाट ३० लाख अनुदान र...

अखिल क्रान्तिकारी मकवानपुर क्याम्पसको अध्यक्षमा लामा

मकवानपुर । अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्षमा छोइसाङ लामा (स्याङ्तान) चयन भएका छन् । शनिबार भएको आठौं इकाई सम्मेलनबाट लामाको संयोजकत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो । यस्तै, समितिको उपाध्यक्षमा स्वतिका नेगी मधुरंजन, सचिवमा अम्युदय खनाल, सहसचिवमा रितिना श्रेष्ठ, विजन बर्तौला र कोषाध्यक्षमा सुजन सिलवाल चयन भएका...

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेन भदौं १ गते बस्ने

बुटवल । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आगामी भदौं १ गते बस्ने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते १ बजे बस्ने गरी नवौं अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभाका सचिव...

एमाले पार्टी एकता र विभाजनको दोबाटोमा पुग्यो : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्ठी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले पार्टी एकता र विभाजनको दोबाटोमा पुगेको बताएका छन् । नेता नेपालले शनिबार बागमती प्रदेश सम्पर्क समितिको शपथ ग्रहण कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकपछि अर्को एक्लौटी काम गरिरहेकाले पार्टी एकताको आधार कमजोर हुँदै गएको र...

‘आगामी चुनावमा माओवादी प्रमुख शक्ति बन्न सक्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आगामी चुनावमा आफ्नो पार्टी फेरी प्रमुख शक्ति बन्न सक्ने सम्भावना रहेको बताएका छन् । शनिवार काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा समसामयिक परिस्थितिबारे संक्षिप्त रिपोटिङ गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले भने,‘आगामी निर्वाचनसम्म...