राजनीति/ समाज

लुम्बिनी प्रदेश : २२ घण्टाभित्र नयाँ सरकार गठन गर्न आह्वान

काठमाडौं । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २२ घण्टाभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा गदिएपछि प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख शेरचनले बुधबार ५ बजे सूचना जारी गर्दै बिहीबार ३ बजेभित्र सरकार गठनका लागि...

लुम्बिनी प्रदेश : थप दुई मन्त्रीले पनि राजीनामा दिने

बुटवल । जनता समाजवादी पार्टी (जसपा) बाट लुम्बिनी प्रदेश सरकारमा सहभागी थप दुई जना मन्त्रीले राजीनामा दिने भएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्सालले राजीनामा दिन लागेका हुन् । मन्त्री कल्पना पाण्डे अस्पतालमै रहेकाले उनका पति नवराज लम्सालले...

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पाण्डेले दिए राजीनामा

लुम्बिनी । जसपाको कोटामा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री बनेका सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । सिद्धान्तको राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनु उपयुक्त ठानेकाले र जसपाले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेकाले मन्त्री पदबाट राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।...

लुम्बिनी सरकार: मुख्यमन्त्री पोखरेलविरुद्धको अविस्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभा बैठक बोलाइयो

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठक दिउँसो १ बजे संचालन हुँदैछ । बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविस्वासको प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक अविशवासको...

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर गरिएको रिट मुद्धा हेर्न नभ्याइनेमा राखेको छ । सोमबार लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले दायर गरेको रिट निवेदन मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेसी राखिएको थियो । रिट निवेदनमा संविधानको धारा १६८ को...

कसैसँग शिर निहुराएर सम्झौता नगर्ने : नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै आफुहरुले कसैसँग शिर निहुराएर सम्झौता नगर्ने बताएका छन् । मंगलबार बानेश्वरमा अनेरास्ववियुले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता नेपालले अध्यक्ष ओलीतर्फ संकेत गर्दै आफुहरु कसैको टाङमुनि नछिर्ने र कसैसँग नझुक्ने बताएका हुन् ।...

‘देशको सेवाका निम्ति काम गर्दै जाँदा संयोगले प्रधानमन्त्री भएको हुँ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले आफू प्रधानमन्त्री बन्न नजन्मिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू  देशको सेवाको निम्ति जन्मिएको भएपनि काम गर्दै जाँदा संयोगले प्रधानमन्त्री भएको बताएका हुन् । अध्यक्ष ओलीले ६४ वर्षको उमेरसम्म प्रधानमन्त्री नभएको स्मरण गर्दै अनेक जालझेल र तिकडमका...

जसपाको कार्यकारिणी समितिमा ३५ सदस्यीय कायम

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समिति ३५ सदस्यीय कायम गरेको छ । आयोगले एकल अध्यक्षमा जाने तथा ३५ सदस्यीय कार्यकारिणी समिति कायम गर्नेगरी जसपाले पठाएको पत्र पठाएअनुसार दर्ता किताबमा अध्यावधिक गरिएको जनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार, यससँगै अब जसपामा उपेन्द्र...

एमाले केन्द्रीय कमिटी बैठक शुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा विधान संशोधन लगायतका विषयमा छलफल हुँदैछ । एमालेको यसअघि सोमबार नै तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । जसमा अध्यक्ष र महासचिव बाहेक...

एमाले स्थायी कमिटी बैठकबाट विधान संशोधन प्रस्ताव पारित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । सोमबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सोमबार बसेको स्थायी कमिटी बैठकले उक्त विधान संशोधन प्रस्ताव पारित गरेको हो । जसमा अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी मनोनित गर्ने...