राजनीति/ समाज
आज मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं । आज सोमबार मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्ने भएको हो । उर्जामन्त्री पम्फा भुसालले नियमित एजेण्डाका साथ आज मन्त्रिपरिषद बैठक बस्न लागेको जानकारी दिइन् । ट्रान्स मिटर लाइन लागि रुख काट्ने अनुमति लगायतका एजेण्डा रहेको उनको भनाइ छ ।
२५ मिटर सडक: मुख्यमन्त्री पौडेलको अवरोध कायमै, मेयर महत विस्तारको पक्षमा
मकवानपुर । लामो समयदेखि अन्यौलमा परेको २५ मिटर सडक विस्तारको विषय एकाएक फेरी चर्चामा आएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सडक विस्तार गरेरै छाड्नै अडानसहितको अभिव्यक्ति सार्वजनिक गरेपछि यो विषयले पुनः चर्चा पाएको हो । गएको साउन २९ गते हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महतले...
बागमती प्रदेशसभा बैठक भदौं १ गते बस्ने
मकवानपुर । बागमती प्रदेशसभाको बैठक भदौं १ गते मंगलबार बस्ने भएको छ । बैठक मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । गत असार २८ गतेदेखि स्थगित बैठक भोलि मंगलबार बोलाइएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले जानकारी दिए । उनका अनुसार, भोलि बस्ने बैठकका लागि...
बागमतीमा माओवादीको सदस्य संख्या १ लाख १२ हजारबढी
मकवानपुर । बागमती प्रदेशका नेपाल कम्युजिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका सदस्यहरुको कूल संख्या १ लाख १२ हजार ३ सय ७३ जना रहेको छ । पार्टीका नेता नारायण दाहालले काठमाडौंमा जारी माओवादीको केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलको रिपोर्ट प्रस्तुत गर्दै बागमती प्रदेशका सदस्यहरुको संख्या प्रस्तुत गरेका हुन् । उनका अनुसार,...
हेटौंडा–४ मा नेकपा एमाले निकटको युवासंघ गठन
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा नेकपा एमाले निकटको युवासंघ नेपालको वडा कमिटी गठन गरिएको छ । शनिबार बसेको भेलाले युवा संघ, नेपाल हेटौँडा ४ मा मुकेश भुजेलको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा सन्तोष मानन्धर, अमन श्रेष्ठ, सचिवमा शुभम् लम्साल, सहसचिवमा श्रीषा...
नेपाली कांग्रेसको महाधिवेशन मंसिर ९ गते
मकवानपुर । नेपाली कांग्रेसको महाधिवेशन मंसिरमा हुने भएको छ । शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो । केन्द्रीय समिति बैठकको निर्णय...
मुख्यमन्त्री पौडेलद्वारा ज्यामिरे खोलामा नवनिर्मित पुल उद्घाटन
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ स्थित ज्यामिरे खोलामा नवनिर्मित पुल उद्घाटन गरेका छन् । गाउँपालिकाको ज्यामिरे र धादिङ्ग बजार जोड्ने ज्यामिरेको पुल मुख्यमन्त्री पौडेलले शनिबार उद्घाटन गरेका हुन् । संघीय सरकारबाट ८९ लाख ६४ हजार ३१९, प्रदेश सरकारबाट ३० लाख अनुदान र...
अखिल क्रान्तिकारी मकवानपुर क्याम्पसको अध्यक्षमा लामा
मकवानपुर । अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्षमा छोइसाङ लामा (स्याङ्तान) चयन भएका छन् । शनिबार भएको आठौं इकाई सम्मेलनबाट लामाको संयोजकत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो । यस्तै, समितिको उपाध्यक्षमा स्वतिका नेगी मधुरंजन, सचिवमा अम्युदय खनाल, सहसचिवमा रितिना श्रेष्ठ, विजन बर्तौला र कोषाध्यक्षमा सुजन सिलवाल चयन भएका...
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेन भदौं १ गते बस्ने
बुटवल । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आगामी भदौं १ गते बस्ने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते १ बजे बस्ने गरी नवौं अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभाका सचिव...
एमाले पार्टी एकता र विभाजनको दोबाटोमा पुग्यो : माधव नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्ठी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले पार्टी एकता र विभाजनको दोबाटोमा पुगेको बताएका छन् । नेता नेपालले शनिबार बागमती प्रदेश सम्पर्क समितिको शपथ ग्रहण कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकपछि अर्को एक्लौटी काम गरिरहेकाले पार्टी एकताको आधार कमजोर हुँदै गएको र...










