राजनीति/ समाज

सरकारले साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने

काठमाडौं । सरकारले जनतालाई कोरोनाको संक्रमणबाट बचाउन कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ । खोप कार्यक्रमलाई अझै प्रभावकारी र जनताको पहुँचमा पुर्याउने उदेश्यले यदी साउन २५ गतेदेखि ३२ गतेसम्म सरकारले ‘खोप सप्ताह’ मनाउने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा बोल्दै स्वास्थ्य...

‘केपी ओलीको पार्टीको नाम नेकपा ओली, चुनाव चिन्ह बयलगाढा’

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षमा रहेका नेता मेटमणि चौधरीले अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी गठनको लागि बाध्य पारेमा आफुहरु त्यसतर्फ अघि बढ्ने बताएका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्नुपूर्व संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेता चौधरीले एमालेलाई एक हुन नदिए नयाँ...

माधव नेपाल पक्षका केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बस्ने भएको हो । बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन् । संसद् पुनर्स्पापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक...

‘संसद विघटन हुनुमा ओली मात्र जिम्मेवार होइनन्’

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसद विघटन हुनुमा तत्कालिन प्रधानमन्त्री केपी ओली मात्र जिम्मेवार नभएको बताएका छन् । प्रवक्ता श्रेष्ठले बुधबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै संसद विघटन हुनुमा तत्कालिन प्रधानमन्त्री ओली मात्रै नभई एक वा अर्को रुकमा त्यस अगाडिको सरकार र नेताहरु पनि जिम्मेवार रहेका बताएका...

कांग्रेस शीर्ष नेताहरुको बैठक बुढानिलकण्ठमा बस्दै

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक दिउँसो सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने गरी तय भएको छ । बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताइएको छ । बैठकमा पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगै सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल...

माधव नेपाल पक्षको केन्द्रीय सदस्यको बैठक सर्यो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको बुधबार बस्ने भनिएको केन्द्रीय सदस्यको बैठक सरेको छ । बैठक बिहिबारको लागि सरेको हो । उपत्यका बाहिरबाट आउन नेताहरुलाई समय लाग्ने भएकाले बैठक बस्ने मिति सरेको नेता गंगालाल तुलाधरले जानकारी दिए । उनका अनुसार, बुधबारको साटो बिहीबार बिहान ११...

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

काठमाडौं । आज बुधबार सत्ता गठबन्धनको कार्यदल बैठक बस्दैछ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने प्रयासमा जुटेको सत्ता पक्षीय कार्यदलको बैठक आज बिहान बालुवाटारमा बस्ने भएको हो । यसअघि मंगलबार बिहान र बेलुकी दुई पटकसम्म कार्यदलको बैठक बसे पनि अन्तिम टुंगो लगाउन भने सकेको थिएन । कांग्रेस,...

बागमती प्रदेश मन्त्रिपरिषद बैठक : दुई वटा अध्यादेशलाई स्वीकृती प्रदान

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको आज अपराह्न बसेको बैठकले दुई वटा अध्यादेशलाई स्वीकृती प्रदान गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले प्रदेश निजामती कर्मचारीको पदस्थापन, सरुवा तथा काज सम्बन्धमा पहिलो सम्बोधन गर्न बनेको विधेयक २०७८ र प्रदेश नीति तथा योजना आयोग (गठन र...

मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु भएको छ । संक्रमणको कारण हेटौंडा उपमहानगरपालिका निवासी एक जना र कैलाश गाउँपालिका निवासी एक जना रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ निवासी ७० वर्षीय बृद्धको गएराति सात बजे हेटौंडा...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई राजीनामा दिन सरकारको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरिएको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले अहिलेसम्मको कार्यसम्पादन सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न शाक्यसंग आग्रह गरेकी हुन् । २०७७ माघ २७ गते शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा...