राजनीति/ समाज

नेकपा माओवादीको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक तयारी नपुगेकाले स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकाललेजानकारी दिए । आजको बैठक मन्त्री छनोटका विषयमा केन्द्रित हुने चर्चा थियो । कांग्रेस, माओवादी, एमाले माधव...

बकैयामा विभिन्न पार्टी परित्याग गरी ९२ जना एमाले प्रवेश

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ९२ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार बकैयाको वडा नम्वर १ धिँयालमा भएको एक कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत विभिन्न पार्टी परित्याग गरी ९२ जना एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई प्रतिनिधिसभा...

एमाले बैठक : पार्टीलाई एकतावद्ध बनाउने निर्णय

काठमाडौं । नेकपा एमाले स्थायी समिितको आज बसेको बैठकले पार्टीलाई एकतावद्ध बनाउने निर्णय गरेको छ । आइतबार ललितपुस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको एमाले स्थायी समति बैठकले उक्त निर्णय गरेको पार्टीका महासचिव इश्वर पोखरेलले जानकारी दिए । उनले जेठ २ लाई टाइमलाइन अनुसार नै एमालेलाई एकतावद्ध बनाएर लैजान सकिने र...

माओवादी केन्द्रको स्थायी समिति बैठक १० दिन पर धकेलियो

काठमाडौं । नेकपामा माओवादी केन्द्रको स्थायी समिति बैठक १० दिन पर धकेलिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गतेलाई सार्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ । त्यस्तै उक्त बैठकले पार्टीका केन्द्रीय समिति सदस्यहरुलाई वडास्तरको कमिटी गठन...

नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक आह्वान गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार अपरान्ह ३ बजे स्थायी कमिटी बैठक आह्वान गरेका हुन् । यसअघि एमाले एकताको विषयमा छलफलको लागि स्थायी कमिटी बैठकको मिति तय हुँदै आएको भएनि स्थगित गर्दै आजसम्मका लागि सारिएको थियो । शनिबार...

माधव पक्षलाई अब पार्टीमा कुनै ठाउँ छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई अब पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । पार्टीको काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको बैठकमा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालसहितका नेताहरुलाई मुख्य–मुख्य ‘अपराधी’को रुपमा चित्रण गर्दै उनीहरुलाई...

एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । विघटित एकता कार्यदल बैठकको आग्रहपछि आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको हो । कार्यदलको बैठकले पार्टी एकताका लागि समझदारी जुटाउन आइतबार बस्ने गरी आजको स्थायी कमिटी बैठक स्थगित गर्न आग्रह गरेको एमाले संसदीय दलका उपनेता सुवास...

एमालेमा अब कुनै पक्ष छैन – सुवास नेम्वाङ

काठमाडौँ । नेकपा एमालेका नेता सुवास नेम्वाङले अव एमालेमा कुनै पक्ष नरहेको बताएका छन् । एमालेको विघटित एकता कार्यदलका नेताबीचको आजको छलफलपछि नेम्वाङले एमालेमा एउटै पक्ष मात्रै रहेको र त्यो केपी शर्मा ओली नेतृत्वको रहेको बताए । यद्यपी आजको कार्यदलका सदस्यहरुको बैठक कुनै ठोस निश्कर्षबिना नै सकिएको छ ।...

उपेन्द्र यादव बने जसपा संसदीय दलको नेता

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्षसमेत रहेका उपेन्द्र यादव चयन भएका छन् । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो । बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव...

काठमाडौंमा माधव नेपाल पक्षका युवाहरुको शक्ति प्रदर्शन

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको अखिल फोर्सले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो । मोटरसाइकल र्‍यालीसहित गरिएको प्रदर्शनमा एमाले वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । र्‍यालीपछि बबरमहलस्थित कार्की ब्याङ्केटमा सभाको आयोजना गरिएको छ...