लुम्बिनी प्रदेश : थप दुई मन्त्रीले पनि राजीनामा दिने

तु खबर संवाददाता
२०७८ श्रावण २७, बुधबार ०८:४५

बुटवल । जनता समाजवादी पार्टी (जसपा) बाट लुम्बिनी प्रदेश सरकारमा सहभागी थप दुई जना मन्त्रीले राजीनामा दिने भएका छन् ।

भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्सालले राजीनामा दिन लागेका हुन् ।

मन्त्री कल्पना पाण्डे अस्पतालमै रहेकाले उनका पति नवराज लम्सालले राजीनामा बारे छलफल भइरहेको जनाएको छ ।

यसअघि मंगलबार राति भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका थिए ।

उनीहरु तिनैजनालाई पार्टी निर्णय विपरीत सरकारमा गएको र पटक–पटक पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीले सांसदबाट पदमुक्त गरिसकेको छ ।