राजनीति/ समाज
माधव नेपाललाई पार्टीमा कुनै स्थान छैन, फर्कन चाहानेहरुलाई स्वागत छ – केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधव नेपाललाई अब पार्टीमा स्थान भएको बताएका छन् । शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढालेर दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै अध्यक्ष ओलीले माधव नेपाललाई अब पार्टीमा कुनै ठाउँ नभएको बताए । उनले माधव नेपाललगायतका...
मुख्यमन्त्री पौडेललाई म्याद दिइएकोबारे थाहा छैन– प्रमुख सचेतक निरौला
मकवानपुर । नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले प्रदेश सरकार परिवर्तनको विषयमा छलफल गर्न पार्टीभित्रकै सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेललाई म्याद दिएकोबारे आफुलाई थाहा नभएको बताएका छन् । पार्टी एकताको रक्षा र सरकार परिवर्तनको विषयमा आवश्यक छलफल भइरहेको भएपनि छलफलका लागि मुख्यमन्त्री पौडेललाई कसैले म्याद दिएको बारे आफुलाई...
सकियो मुख्यमन्त्री पौडेलले पाएको म्याद: आधिकारिक जवाफ आएन – सांसद पाण्डे
मकवानपुर । नेकपा एमाले बागमती प्रदेशका सांसद राजेन्द्र पाण्डेले मुख्यमन्त्री डोरमणि पौडेलले सरकार परिवर्तनको विषयमा आफुहरुलाई कुनै आधिकारिक जवाफ नदिएको बताएका छन् । केही दिन अघि मुख्यमन्त्री पौडेललाई छलफलका लागि ३ दिनको म्याद दिइएको र उक्त म्याद आज सकिएको भएपनि हालसम्म कुनै आधिकारिक जवाफ प्राप्त नभएको उनले बताए ।...
लुम्बिनी प्रदेशका ३ मन्त्रीको सांसद पद गयो
काठमाडौं । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी जसपाबाट सांसद बनेका २ जना पदमुक्त भएका छन् । पदमुक्त भएका उनीहरु तीनै जना मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारका मन्त्री रहेका छन् । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी गराएको छ । जसपाको...
जसपा आधिकारिकताको निर्णयविरुद्ध महन्थ ठाकुरले दिए सर्वोच्चमा रिट
काठमाडौ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिता दिनु गलत भएको भन्दै जसपाका नेता महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । ठाकुरले निर्वाचन आयोगको निर्णय कार्यान्वयन भएमा पार्टी विभाजन भई केन्द्रीय नेतृत्वको प्रयोगननै समाप्त हुन जाने भन्दै रिट दायर गराएका हुन् । आयोगले...
सरकार संचालनको लागि संयुक्त संयन्त्र बनाउन माओवादीको प्रस्ताव
काठमाडौं । नेकपा माओवादी केन्द्रले संयुक्त संयन्त्र बनाउन प्रस्ताव गरेको छ । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले सत्ता गठबन्धनका तर्फबाट साझा कार्यक्रम र आचारसंहितासहित सरकार संचालनको लागि संयुक्त संयन्त्र बनाउन आग्रह गरे । अहिले मुलुकमा वाम–प्रजातान्त्रिक एकताको माहोल बनेको उल्लेख...
कांग्रेसको महाधिवेशन सार्न पाइँदैन – गगन थापा
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसको महाधिवेशन सार्न नपाइने भन्दै पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् । वीपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले कांग्रेस नेतृत्वको महाधिवेशन सार्न नहुने बताए । उनले कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने...
नवनियुक्त प्रदेश प्रमुख शेरचनले आज पदभार ग्रहण गर्दै
बुटवल । नवनियुक्त लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आज पदभार ग्रहण गर्ने भएका छन् । गत मंगलबार बसेको कन्त्रिपरिषद बैठकले शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको छ । उक्त प्रदेशको प्रदेश प्रमुखमा यसअघि धर्मनाथ यादव रहेका थिए । प्रदेश प्रमुख शेरचनले आज बिहान ११ बजेपछि पदभार ग्रहण गर्ने...
प्रदेश प्रमुख परिवर्तनको डरः बागमतीका प्रसाई ओलीलाई भेट्न काठमाडौं पुगे
मकवानपुर । केन्द्र सरकारमा राजनीतिक समिकरण बद्लिएसंगै विभिन्न प्रदेशका प्रमुखहरु पनि संकटमा परेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले केही प्रदेशका प्रमुखहरु परिवर्तन गरिसकेको छ भने बाँकी केही प्रदेशका प्रमुखहरुलाई पनि चाँडै परिवर्तन गर्ने तयारी गरेको छ । केही दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा लुम्बिनीका प्रदेश...
क्रियाशील सदस्यताको विवाद ५ दिनभित्र टुंग्याउने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको सम्बन्धमा टुंग्याउन नसकेको विषयहरुलाई पार्टीका शीर्ष नेताहरुले पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको हो । विवादित विषयहरुलाई...










