नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

तु खबर संवाददाता
२०७८ श्रावण २४, आईतवार ११:१८
file-photo

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक सोमबार दिउँसो बस्ने गरी स्थगित भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार, बैठक सोमबार दिउँसो ३ बजे बस्ने भएको छ । केन्द्रीय कमिटी बैठक अगाडि ११ बजे स्थायी कमिटी बैठक बस्नेछ ।

भदौमा विधान अधिवेशन गर्ने गरी स्थायी कमिटीले तयार पारेको प्रस्ताव अनुमोदन गराउन केन्द्रीय कमिटी बैठक बोलाइएको छ । तर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने बैठक रोकेर सहमति गर्न माग गरेको छ ।

शुक्रबार सकिएको माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ ।