माधव पक्षको स्थायी समिति बैठक सकियो

तु खबर संवाददाता
२०७८ श्रावण २२, शुक्रबार १५:५५
Madhav- kumar- nepal

काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षीय स्थायी समिति बैठक सकिएको छ । काठमाडौँको बुद्धनगरमा बसेको बैठक केहीबेर अघि सकिएको हो ।

उक्त बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा छलफल भएको थियो ।

बैठकमा फेरि बस्ने केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा नेतृत्वले समष्टीगत रुपमा जवाफ दिने बारे छलफल भएको थियो ।

स्थायी समिति बैठक सकिनुअघि सो समूहको केन्द्रीय समिति बैठक बसेको थियो ।