राजनीति/ समाज
माधव पक्ष सरकारमा सहभागी हुन तयार छ –प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार पक्ष सरकारमा सहभागी हुन तयार रहेको बताएका छन् । उनले माधव पक्षले सरकारमा आफ्ना प्रतिनिधि पठाउने समेत बताए । मंगलबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै उनले नेता नेपाल सरकारमा सहभागी हुन सकारात्मक रहेको ब्रिफिङ गरेका हुन्...
प्रदेश नं १ को नामाकरणको लागि छलफल सुरु
काठमाडौं । प्रदेश नम्वर १ को नामाकरणको लागि मुख्यमन्त्री शेरधन राईले छलफल सुरु गरेका छन् । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामकरणको विषयमा छलफल अघि बढाएको नेकपा एमाले निकट स्रोतले बताएको छ । चालू अधिवेशनबाट प्रदेशको नाम राख्ने मुख्यमन्त्री राईको तयारी छ । मुख्यमन्त्री राईले दलका...
जसपाले गर्यो लुम्बिनी प्रदेशका ३ जना सांसदलाई निष्काशन
काठमाडौं । जनता समाजवादी पार्टीले जसपाबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित भएका ३ जना सांसदलाई निष्काशन गरेको छ । मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट कारबाही गरेको हो । जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी उनीहरुलाई यसअघि पनि...
मन्त्रिपरिषद बैठक : प्रदेश प्रमुख हेरफेरदेखि योजना आयोगका उपाध्यक्ष नियुक्तसम्मको निर्णय
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख हेरफेरदेखि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नियुक्तसम्मको निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख हेरफेरदेखि योजना आयोगका उपाध्यक्ष नियुक्तसम्मको निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले लुम्बिनी...
शेरचनलाई गण्डकी प्रदेश प्रमुख नियुक्तीको लागि सिफारिस गर्ने माओवादीको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले अमिक शेरचनलाई गण्डकी प्रदेशको प्रमुखमा नियुक्ती गर्न सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार आकस्मिक बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो । शेरचनलाई हटाएर यसअघि केपी ओली नेतृत्वको सरकारले सीता कुमारी पौडेललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । ओली...
माओवादी केन्द्रको आकस्मिक बैठक जारी
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको आकस्मिक बैठक जारी छ । माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउन बैठक बोलाएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै बिहान एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि आकस्मिक स्थायी समिति सदस्यहरुको...
पूर्वसभामुख महाराले पाए सफाइ
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ । मंगलबार उच्च अदालत पाटनले उनीविरुद्धको मुद्दाको सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले यसअघि गरेको फैसलालाई सदर गरेको हो । न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने...
प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण
मकवानपुर । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मंगलबार ‘प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ लाई प्रमाणीकरण गरेका छन् । उनले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम बागमती प्रदेशसभाबाट पारित भई आएको उक्त विधेयक प्रमाणिकरण गरेको प्रदेश प्रमुखको सचिवालले जनाएको छ ।...
प्रधानमन्त्री शेरबहादुर देउवालाई केपी ओलीले जस्तो अपराध गर्ने छुट छैन– गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताप्रति उत्तरदायी भएर जनभावनालाई उच्च प्राथमिकतामा राखी काम गर्नुपर्ने बताएका छन् । अघिल्लो सरकारका बेतिथि औँल्याउँदै उनले देउवा नेतृत्वको सरकारलाई त्यस्तो काम गर्ने छुट नभएको बताए । ‘केपी ओली नेतृत्वको सरकारले संविधान मिचेर, लोकतन्त्र विरोधी जुन अपराध...
प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी
काठमाडौं । सरकारले विभिन्न प्रदेशका प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी भएको छ भने बागमतीका प्रदेश प्रमुख पनि फेर्ने विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । प्रदेश २...









