राजनीति/ समाज

चार घण्टादेखि माधव समूहको बैठक जारी, होला त एमाले एकता ?

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहको स्थायी कमिटीको बैठक विहान ११ बजेदेखि यो समाचार तयार पार्दासम्म जारी छ । नयाँ बानेश्वरको एक होटलमा बसेको बैठकमा एमाले विवादको विषयमा छलफल भइरहेको बुझिएको छ । बैठकको सुरुमा यसअघि एमाले विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरुले तयार पारेको १० बुँदे एकता...

राजेन्द्र महतोको आरोप : निर्वाचन आयोगले जसपा फुटायो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य राजेन्द्र महतोले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् । महतोले आफूहरुले पार्टी विभाजनको माग नगरे पनि निर्वाचन आयोगले भने पार्टी विभाजन गराएको आरोप लगाएका हुन् । आयोगमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महतोले भने, ‘दल जनताबाट निर्माण हुने हो ।...

जसपा विवादमा रेशम चौधरी तटस्थ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विवादमा रेशम चौधरी तटस्थ बसेका छन् । सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् । डिल्लीबजार कारोबारबाट आयोगमा उपस्थित भएका उनले केहीबेर नेताहरुसँग छलफल गरेका थिए । छलफलपछि उनले आफूलाई कुनै पक्षमा लाग्नु नरहेको...

अधिकारीको उपचारमा कांग्रेसको सहयोग

मकवानपुर । ‘नेपाली कांग्रेस दुःखको साथी’ अभियान अन्तरगत नेपाली कांग्रेस थाहा नगले वडा नम्वर–४ को शारदा अधिकारीको उपचारमा थप सहयोग जुटाएको छ । अधिकारीको स्पाइनल इञ्जुरी हस्पिटलमा उपचार जारी रहेकोमा आइतबार ३९ हजार रुपैयाँ थप सहयोग पठाइएको नेपाली कांग्रेसका श्रीकृष्ण केसीले जानकारी दिए । यसअघि अधिकारीको उपचारका लागि ७४...

जसपा अध्यक्ष ठाकुरको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल एजलासले उक्त मुद्धामा जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षलाई साउन १५ गते छलफलको लागि बोलाएको छ । त्यस्तै सोही इजलासले निर्वाचन...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए सपथ

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार सपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उनलाई पद र गोपनियताको सपथ गराएका हुन् । यसअघि राज्यमन्त्रीको शपथ समारोह पनि राष्ट्रपति कार्यालयमा हुने प्रचलन थियो । शपथ समारोहमा राज्यका प्रमुख पदाधिकारीहरु सहभागी हुने प्रचलन थियो...

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा सांसद उमेश श्रेष्ठलाई नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन...

देशको धेरै जनसंख्या मेरो साथमा छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको धेरै जनसंख्या आफ्नो साथमा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले आइतबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले भने, ‘केपी ओलीका सुण्डमुसुण्डहरुले घर अगाडि आएर पख्लास्, देख्लास भने अरे । यस्ता...

माओवादी केन्द्र हेटौँडाद्वारा तीन नेतालाई कारबाहीको सिफारिस

मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौँडा उपमहानगरपालिले पार्टीका तीन जना नेतालाई कारबाहीको सिफारिस गरेको छ । माओवादी हेटौँडाका पार्टी कमिटीको शनिबार हेटौँडामा बसेको बैठकले नगर कमिटी सचिवालय सदस्य तथा हेटौंडा उपमहानगरपालिका–१४ का वडाधयक्ष दिपक खड्का, नगर कमिटी सदस्य शालिकराम ढकाल र उत्सव चौँलागाईलाई कारबाहीको लागि जिल्ला पार्टी कमिटिमा सिफारिस...

गृह मन्त्रालयको प्रवक्तामा पोखरेल

काठमाडौं । गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सह–सचिव फणिन्द्रमणि पोखरेललाई दिने निर्णय गरिएको छ । शुक्रवार मन्त्रालयले त्यसबारे निर्णय गरेको हो । गृहका एक उच्च अधिकारीका अनुसार, कारागार ब्यवस्थापन विभागका महानिर्देशक रहेका पोखरेललाई मन्त्रालयको शान्तिसुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरिएको हो । सह–सचिव पोखरेलले तराईका ५ र पहाडी...