काठमाडौंमा माधव नेपाल पक्षका युवाहरुको शक्ति प्रदर्शन
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको अखिल फोर्सले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।
शनिबार काठमाडौंको माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो ।
मोटरसाइकल र्यालीसहित गरिएको प्रदर्शनमा एमाले वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
र्यालीपछि बबरमहलस्थित कार्की ब्याङ्केटमा सभाको आयोजना गरिएको छ ।
नेकपा एमालेभित्र विवाद चलिरहेको र कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढीरहेको बेला माधव नेपाल पक्षका युवाहरुले संघीय राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गरेका हुन् ।
